काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वालुवाटार पुगेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेको भोलिपल्ट देउवाले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
उनीहरुबीचमा भएको कुराकानीको विषय भने सार्वजनिक भएको छैन ।
कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ । देउवा पत्नी आरजु राणासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि देउवा दबाबमा छन् ।
Leave a Reply