Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाको खुलासा - धर्म परिवर्तनका लागि मलाई पनि प्रस्ताव आयो

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई धर्म परिवर्तन गर्न प्रलोभन आएको खुलासा गरेका छन् ।

मोरङको सुन्दरहरैँचाको सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै कोइरालाले यस्तो खुलासा गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले डाक्टर पढिसकेपछि आफूलाई धर्म परिवर्तनका लागि प्रस्ताव आएको तर आफूले इन्कार गरेको बताए ।

प्रलोभनमा परेर कोही कसैले पनि धर्म परिवर्तन गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077