काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागिय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबलाई नेपाल एपीएफ फुटबल क्लबले हराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले आर्मी क्लबलाई ३-० ले पराजित गरेको हो ।
जितसँगै एपीएफ तालिकामा २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
यो हारसँगै आर्मी भने १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।
Leave a Reply