Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- प्रहरी अनुसन्धानलाई अवरोध नगर्ने सहमति भएको छ

    प्रधानमन्त्री प्रचण्डले भने- प्रहरी अनुसन्धानलाई अवरोध नगर्ने सहमति भएको छ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने बताएका छन् ।

    सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केहिबेरअघि भएको भेटपछि बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।



    उनले तीन नेताबीच दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भन्ने कुरामा भएको सहमति अनुसार कुनै बाधा नगर्ने उल्लेख गरे।



    शीर्ष नेताहरूबीचको भेटमा भने मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमाबारे छलफल भएको नभएर संसद संचालन,संयुक्त र विषयगत संसदीय समिति गठन लगायतका विषयमा छलफल केन्द्रित भएको बताए ।

    नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँड पक्राउ परेपछि देउवा र ओली प्रधानमन्त्रीसँग संवाद गर्न सिंहदरबार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार