काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, सोही अवधिमा २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।
आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply