काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ ।
मन्त्री रिजाल र राजदूत थम्पसनबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेट भएको हो।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको बताईएको छ ।
मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउँदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका थिए ।
Leave a Reply