Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड

    सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।

    बुधबार कम्युनिस्ट नेता निर्मला लामाको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले यस्तो धारणा राखेका हुन् ।



    उनले वर्तमान सरकारले नराम्रा काम गर्दै नगर्ने र सम्मृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने सरकारले अठोट लिएको बताए।



    उनले भने, ‘सुशासनका लागि हामी गम्भीर भएर अठोटका साथ अगाडि बढेका छौं । सामाजिक न्याय र समृद्धिका लागि पनि अगाडि बढेका छौं ।’

    प्रधानमन्त्री प्रचण्डले सुशासन र सामाजिक न्यायका निम्ति आम इमान्दार जनता, क्रान्तिकारी, बुद्धिजीवी र नागरिक समाजको सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

    राजनीतिमा जटिलता आइरहने भन्दै सुशासन कायम गर्ने क्रममा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार