काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटका लागि सरकारलाई स्रोत जुटाउने चुनौती रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा उनले यस्तो बताएका हुन् ।
उनले बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन सकस रहेको भन्दै नयाँ आयोजनालाई बजेटमा पार्न चुनौती रहेको बताए ।
अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रित रहेको अर्थमन्त्री महतको भनाइ छ ।
मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउने लगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक पनि महतले उल्लेख गरे ।
महतले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिबद्धता समेत जनाए ।
Leave a Reply