Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिनु हुँदैन

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताए । नेता कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए ।

नेता कोइरालाले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन । ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्‍याउँछ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताए । उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077