Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोज्नु राज्यविरुद्धको गद्दारी हो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै देश र जनताविरुद्धको सबैभन्दा ठूलो प्रकरण भएको उनको भनाई छ । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077