काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । केसी र चौधरीमाथि बिचौलियाको भूमिका खेलेको आरोप छ।
योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शरणार्थी प्रकरणमा यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् । यस्तै, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन् ।
तर, पक्राउ पुर्जी जारी भएका एमाले सांसद समेत रहेका रायमाझी भने फरार छन् ।
Leave a Reply