काठमाडौं । सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त व्यवस्था गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।
मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे आवश्यक निर्णय गर्ने यसअघि नै बताएका थिए। यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो ।