काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९०२ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै सोही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।
यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply