Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 660
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।



    उनीहरुबीच सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।



    संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्त्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ।

    बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार