काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले खेल पूर्वाधारमा लगानी बढाई नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गर्न अमग्रह गरेका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई सरकारले झारा टार्ने काम मात्र गरेको भन्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए ।
सदस्य देवकोटाले खेलाडीहरुलाई उचित सम्मान र पुरस्कार दिन समेत आग्रह गरे ।
Leave a Reply