Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणबारे तत्काल छानबिन हुनुपर्छ : ठाकुर गैरे

    नक्कली भुटानी शरणार्थी प्रकरणबारे तत्काल छानबिन हुनुपर्छ : ठाकुर गैरे

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 507
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई तत्काल छानबिनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले नक्कली शरणार्थी बनाएर विदेश पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका हुन्।



    सांसद गैरेले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ ।’



    सांसद गैह्रेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद् बैठकमा बोलिरहेको भन्दै आश्चर्य व्यक्त गरे ।

    सांसद गैरेले देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे। उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार