Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – स्वतन्त्र न्यायालयप्रति सबै सचेत हुनुपर्छ

    प्रधानमन्त्री प्रचण्डले भने – स्वतन्त्र न्यायालयप्रति सबै सचेत हुनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 477
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र न्यायालयप्रति सबै सचेत रहनुपर्ने बताएका छन् ।

    कानुन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सम्पूर्ण नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना। आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।’

    नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।

    सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार