काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएकोबताएका छन् । कानुन दिवसको अवसरमा शुभकामना दिँदै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने पोखरेलको जोड छ ।
उनले लेखेका छन्,”शक्ति पृथकीकरणको सिध्दान्तअनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारीता वढ्दै गएको छ ।
राज्य कमजोर हुने र सामाजिक अराजकता वढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको हो । मुलुकलाई सहीवाटोमा अघि वढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौ । कानुन दिवसले हामी सबैलाई त्यस मार्गमा अघि वढ्न प्रेरित गरोस् । कानुन दिवसको उपलक्षमा हार्दिक शुभकामना ।”
Leave a Reply