Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणको तरंगपछि आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द

    नक्कली भुटानी शरणार्थी प्रकरणको तरंगपछि आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणको तरंगपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द भएको छ ।

    अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो । तर सरकारले नक्कली शरणार्थी प्रकरणको कारण देखाउँदै भ्रमण नजान भनेपछि भ्रमण रद्द भएको हो ।



    स्रोतका अनुसार नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आईजीपी कुँवरले भ्रमण रद्द गरेका हुन् । अब उनको ठाउँमा एआइजीद्वय किरण बज्राचार्य, सुदीप गिरी र डिआइजी रामदत्त जोशी अमेरिका जाने बताइएको छ ।



    पूर्व उप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सोमबार सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो ।

    भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर गत बुधबारदेखि रायमाझी फरार भएका छन् ।

    नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

    सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार