काठमाडौं । ललितपुरको नख्खु–भैँसेपाटी सडकखण्ड स्थानीयहरूले बन्द गरिदिएका छन् ।
समयमा नै निर्माण नगरी अलपत्र छाडेको भन्दै उनीहरूले सोमबार सडकबन्द गरिदिएका हुन् ।
स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् ।
लामो समयदेखि सडक अलपत्र पार्दा धुवा धुलो र हिलोले सो सडक हुँदै आवाजजावत गर्ने स्थानीयले सास्ती खेप्नु परेपछि बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरुको भनाइ छ ।
विसं २०७३ देखि सुरु भएको पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी सडक निर्माणको काम सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।
Leave a Reply