Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेट

    गृहमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 819
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट भएको छ ।

    गृहमन्त्री श्रेष्ठले राजदूत सङलाई बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न आग्रह गरेका छन्।



    भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए ।



    नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको गृहमन्त्री श्रेष्ठले बताए ।

    राजदूत सङले नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार