काठमाडौं । कालीकोटमा सोमबार प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ ।
पलाँता गाउँपालिका ६ सैनामा जबरजस्ती करणी मुद्दाका आरोपीलाई पक्रन गएको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुढा गरेका हुन् ।
जबर्जस्ती करणीका अभियुक्त संक बुढालाई पक्रेर इलाका प्रहरी कार्यालय (पलाँता) तर्फ लैजाने क्रममा स्थानीयले प्रहरी टोलीमाथि ढुंगामुढा गरेपछि आरोपित हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३१ वर्षीय बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए ।
पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थियो ।
Leave a Reply