Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेवको प्रस्ताव- संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्न प्रस्ताव गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।

उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताए ।

उनले राम्रा योजना, नीति तथा कार्यक्रम र बजेट तय भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा नागरिकले अपेक्षित प्रतिफल पाउन नसकेकाले आगामी आर्थिक वर्षको बजेटमा यो पक्षलाई विशेष ख्याल गनुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा सरकारले प्रस्तुत गरेका विषयमा उनले समर्थन जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077