काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ ।
एमाले र राप्रपाका सांसदहरुले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा विरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
आइतबारबाट सुरु भएको बजेट अधिवेशन अन्तर्गत आजबाट आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु भएको हो ।