Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आईजीपी कुँवरद्धारा २० जना एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    आईजीपी कुँवरद्धारा २० जना एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 981
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा पदोन्नति भएका २० जनालाई प्रहरी अधिकारीहरुलाई आईजीपी बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    उनीहरु उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ एसपीबाट एसएसपी पदमा बढुवा भएका थिए ।



    आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एसएसपीहरू विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जवरालाई दर्ज्यानी चिन्ह लगाइदिए ।

    यस्तै वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि दर्ज्यानी चिन्ह पाएका छन्।

    प्राविधिकतर्फका एसएसपी डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले पनि दर्ज्यानी चिन्ह लगाए ।

    समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका एसएसपीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार