काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्रीलाई सुझाव दिदै ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएकी हुन् ।
सांसद पन्तले पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने बताईन् ।
अर्थतन्त्र उकास्नका लागि ५०० र हजारका नोटहरू प्रतिबन्ध गर्नुपर्नेमा उनले जोड दिइन् ।
Leave a Reply