Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चित्रबहादुर केसीले भने - नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड हो, यसको छानविन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरण काण्ड भएकाले यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले भने,‘नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई बेच्ने गरेको त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातेको छ । यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’

सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरे । पहिला पनि यस्तै काण्डहरू आउने र विस्तारै सेलाउँदै जाने गरेको सांसद केसीको भनाई छ ।

सांसद केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूघको दूध र पानीको पानी छुट्याउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077