काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एवम् नेपाल भियतनाममैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआनबीच भेटवार्ता भएको छ ।
अध्यक्ष तिमिल्सिना र तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार शिष्टाचार भेट भएको हो ।
भेटका क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको बताईएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुवै देशका बीचमा रहेको व्यापार घाटा घटाउन आवश्यक पहल गर्न आग्रह गरे ।
पुर्वगृहमन्त्री तुआनले सिधा हवाइसेवा सुचारु गर्न तथा व्यापार घाटा कम गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
Leave a Reply