Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल प्रहरीका २१ एसपी एसएसपीमा बढुवा [सूचीसहित]

    नेपाल प्रहरीका २१ एसपी एसएसपीमा बढुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 963
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई एसएसपीमा बढुवा गरिएको हो ।



    बढुवा हुनेमा तीनजना प्राविधिक समूह चिकित्सकतर्फका र १८ जना जनपद समूहका एसपीहरु रहेका छन् । यसअघि बैशाख १५ गते बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका तीन प्रहरी उपरीक्षकहरुलाई पनि सोही समूहतर्फको प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ ।

    बढुवा हुनेहरूमा विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, बेल बहादुर पाण्डे, दिनेशप्रसाद मैनाली, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।

    यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका डा. संज्ञा मल्ल, डा. दिवा शर्मा, डा. आषिश दत्त पनि एसएसपीमा बढुवा भएका हुन् । उनीहरुलाई सोमबार फुली लगाउने छन् । आईजीपी बसन्तबहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार