काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा आर्थीक वृद्धि,रोजगारी र सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताएका छन् ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक सिद्धान्तर प्राथमिकता विधेयक पेश गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले आर्थिक वृद्धि, रोजगारीको अवसर बढाउने र सुशासन प्रवर्द्धन गर्नेतर्फ लक्षित हुने बताए ।
अर्थमन्त्री महतले भने, ‘आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने जानकारी गराउँछु।’
अर्थमन्त्री महतले बजेटले आर्थिक वृद्धि,रोजगारीका अवसर सृजना र सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिने बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति लिइने बताए । आवासविहीनका लागि आवास कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
नेपालको विकासका लागि आर्थिक कुटनीति अपनाइने बताए । संघ,प्रदेश र स्थानीय तहको कार्यक्रममा दोहोरोपन हुन नदिइने बताए । अर्थमन्त्री महतले स्वदेशमा रोजगारीको अवसर बढाइने बताए।
Leave a Reply