Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कम्बोडीया पठाईदिन्छु भन्दै ३१ लाख ठगी, नयाँबसपार्कबाट तामाङ पक्राउ

    कम्बोडीया पठाईदिन्छु भन्दै ३१ लाख ठगी, नयाँबसपार्कबाट तामाङ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 666
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कम्बोडिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका १० स्थाई घर भई हालकाठमाडौंको नयाँबसपार्क बस्ने सुदिप लामा तामाङ रहेका छन् ।



    तामाङले वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाई दिने भन्दै सोममाया तामाङसहित ३ जनासंग ३१ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।



    तामाङले कम्बोडीया पुगेपछि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरको काम लगाई दिने र मासिक दुई लाख बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    तामाङ ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई आज पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार