Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीको नीति विपरीत बोल्नेलाई कारवाही गर्ने एकीकृत समाजवादीको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरुलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै फरक मतहरू पार्टी कमिटीभित्रै राख्न नेताहरुलाई आग्रह गरेको हो ।

अनुशासन आयोगले महत्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यममा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण गराएको हो ।

सुधार नगरेमा पार्टीको विधान अनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077