Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते

मकवानपुर । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077