Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लडाकु शिविर घोटलाको फाइल खोल्न प्रधानमन्त्री प्रचण्डलाई राजेन्द्र लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

अध्यक्ष लिङ्देनले वाइडबडी, लडाकु शिविरलगायतको फाइल पनि खोल्न आग्रह गरे । यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077