Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • देशको अर्थतन्त्र विस्तारै सुधार हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

    देशको अर्थतन्त्र विस्तारै सुधार हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 495
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वृद्धि हासिल गर्न सरकार सक्रिय रहेको बताएका छन् ।

    नेपाल बिजनेस समिटलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि शोधानान्तर घाटामा उल्लेख्य सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको र विप्रेषणमा उत्साहजनक वृद्धि भएको बताए ।

    नेपालको अर्थतन्त्रप्रति आमरूपमा चिन्ता र चासो बढेको भन्दै उनले नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु अहिलेको प्रमुख आवश्यकता हुन आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार