काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डन पुगेका मन्त्री साउदले सुनकलाई भ्रमणको निम्तो दिएका हुन् ।
उनले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका थिए ।
दूतावास स्रोतका अनुसार मन्त्रीले संक्षिप्त कुराकानीका क्रममा प्रधानमन्त्रीलाई एकपटक नेपाल आइदिन अनुरोध गरेको थिए ।
Leave a Reply