Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भुटानी शरणार्थीको प्रकरणमा सरकार कसैको दबाबमा पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    भुटानी शरणार्थीको प्रकरणमा सरकार कसैको दबाबमा पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कसैको दबाबमा नपर्ने बताएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सरकार प्रक्रिया र कानूनअनुसार अगाडि बढ्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा त भएन । तर हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’

    ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गरे । तर, आफ्नो नेता जोगाउन नभनेको उनको आशय थियो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी हालसम्म फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार