Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन प्यालेस्टिनीलाई गोली हानेर मारियो

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारिएको इजरायलले जनाएको छ।

हत्यामा संलग्न दुई संदिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र सिन बेट सुरक्षा सेवाको संयुक्त अपरेसनमा नाब्लसमा मारिएको बताइएको छ।

यसले तीनजना मृतकलाई “लेआ, माइया र रिना डिका हत्यारा”का रूपमा पहिचान गरेको छ।

जसले अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमणपछि ज्यान गुमाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077