कैलाली । कैलालीमा दुई वर्षदेखि श्रीमान वैदेशिक रोजगारीमा रहेका बेला महिलाले बच्चा जन्माएकी छिन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ को रोरा खोलामा बिहीबार बिहान फालिएको अवस्थामा वेवारिसे भेटिएको नवजात शिशुलाई सोही स्थानकी महिलाले जन्माएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार एक हप्ताअघि जन्मिएको शिशु वेवारिसे अवस्थामा भेटिएपछि लालरत्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
शिशुको एनआईसीयुमा राखेर उपचार भइरहेको छ भने शिशुकी आमालाई भारततर्फ भाग्दै गरेको अवस्थामा कञ्चनपुरबाट नियन्त्रणमा लिइएको छ ।
ती महिला विवाहित भएको र श्रीमान २ वर्षदेखि साउदी अरबमा रहेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
Leave a Reply