काठमाडौं । भारतबाट दूध आयात गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको छ ।
बोर्डले दैनिक एक लाख २० हजार लिटर आयात गर्न सिफारिस गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ ।
बोर्डले तयार पारेको प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री मन्त्री वेदुराम भुसाललाई बुझाइसकेको छ।
अब मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने-नखुलाउने निर्णय गर्नेछ।
Leave a Reply