Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् ।

भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा प्रभावित भएको विमानस्थलले जनाएको हो ।

मौसम खराबीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।

आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ भने अन्य दुर्गम क्षेत्रमा पनि उडान सामान्य प्रभावित भएको छ ।

हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077