Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुद्ध जयन्ति मनाउन प्रधानमन्त्री प्रचण्ड लुम्बिनी जाने

भैरहवा । लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रम गर्ने भएको छ ।

२५६७औं बुद्ध जयन्तिको अवसरमा कोषले गर्न लागेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथीका रुपमा सहभागि हुने छन् ।

त्यस्तै, विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरुसमेत सहभागीता हुनेछन् ।

विश्व सम्पदा सूचीमा सुचिकृत शान्तिका प्रवर्तक शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्न साताभरि विविध कार्यक्रम गर्न लागिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077