काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
परराष्ट्रमन्त्री साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव बेलायत प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।
परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।
Leave a Reply