काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले एक गोलको अग्रता उल्टाएर २-१ गोल अन्तरले फ्रेन्ड्सलाई हराएको हो ।
चर्चका लागि अञ्जन विष्ट र आशिष चापागाईले गोल गरे। फ्रेन्ड्सका लागि भने बेन क्वान्साले गोल गरे।
यो जितसँगै १४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाइज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने फ्रेन्ड्सले १४ खेलमा १५ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।
Leave a Reply