Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादव र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

यादव र राजदूत पोलिटबीच लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज शिष्टाचार भेटवार्ता भएको हो ।

सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहि आएको घनिष्ठ सम्बन्धका विविध आयामबारे छलफल भएको बताईएको छ ।

त्यस्तै, उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077