काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद भोलि बेलायत भ्रमणमा जाने भएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयको राज्यभिषेक समारोहमा सहभागी हुन मन्त्री साउद बेलायत जान लागेका हुन् ।
मन्त्री साउद ६ मे मा वेस्टमिनिस्टर एबीमा हुने चार्ल्सको राज्यभिषेक सोमारोहमा सहभागी हुनेछन् भने बकिंघम प्यालेसमा दिइने रिसेप्सनमा पनि सहभागी हुनेछन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएपनि उनी अस्वस्थ्य भएकाले सो समारोहमा परराष्ट्रमन्त्री जाने भएका हुन् ।
Leave a Reply