Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 594
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ ।

    कम्बोडियाको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बीच शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वोत्तर दुई देशका बीचको शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।



    अध्यक्ष तिमिल्सिनाले दुई तिहाइभन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखे ।

    कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार