Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले करारमा माग्यो नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

महानगरले बुधबार सार्वजनिक सूचना जाी गर्दै एक सयजना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ, 'नेपाल प्रहरी जवान भर्ना सम्बन्धमा मिति २०७२/१२/१७ गते च.न.ने.प्र.स. प्र. बलर ७३२ को गृह मन्त्रालय नार्फत प्राप्त वैकल्पिक सूचीमा रहेको नामहरूमध्ये यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्राप्त हुन आएका निवेदनहरूबाट सूचीमा उल्लेखित योग्यता क्रमका आधारमा यसअधि नियुक्ति दिई सकेकालाई कटाई करारमा निम्न अनुसारको सङ्ख्यामा नियुक्ति गरिनेछ ।

साथै उल्लेखित सूची काठमाडौं । महानगरपालिकाको वेबसाइट kathmandu.gov.np को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077