Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्यायो अध्यादेश

    मिटरब्याजी समस्या समाधान गर्न सरकारले ल्यायो अध्यादेश

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 771
    SHARES

    काठमाडौं । सरकारले मिटरब्याजीका समस्या समाधानका लागि आवश्यक कानुन बनाउने निर्णय गरेको छ ।

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    मिटरब्याजीसँग सम्बन्धित समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको उनले बताइन् । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आजै पठाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार