काठमाडौं । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा मंगलबार गएको हिम पहिरोमा परी कम्तिमा ८ जना पुरिएको आशंका छ ।
यार्सागुम्बा टिप्न गएकाहरू हिमपहिरोमा पुरिएको आशंकामा प्रहरी टोली उद्धारका लागि खटिएको छ ।
हिम पहिरो खसेको क्षेत्रमा हिँडेर नै पुग्न अन्दाजी ३ घण्टा लाग्ने बताईएको छ ।
यार्सागुम्बा खोज्न गएका अन्दाजी ८/९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार हिम पहिरोले पुरिएको खबर आएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकोहरू भने पहिचान भइसकेको छैन।
Leave a Reply